मिना बुढाथोकी ,सल्यान ३० चैत ।
महिला तथा बालबालिका माथि विभिन्न कारण बाट हिंसा बढी रहेका बेला जिल्लामा यस वर्ष ५ सय ९० जना महिलाहरुलाई शसक्तीकरण र सुदृढिकरण गर्दै आय आर्जन गर्न तर्फ अग्रसर गरिने भएको छ । दलित, अपांग,पिछडिएका तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई शसक्तीकरण र सुदृढिकरण गर्दै आत्म निर्भर बनाउन महिला तथा बालबालिका कार्यालय सल्यानले यस्तो अभियानको शुरुवात गरेको छ । विभन्न सीप मुलक तथा आय आर्जन मुलक तालीमको आयोजना गरि यस वर्ष जिल्लाका ५ सय ९० जनालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको महिला तथा बालबालिका कार्यालय प्रमुख राज कुमारी राईले जानकारी दिनु भयो । उहाले भन्नु भयो – “ महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा को बारेमा जानकारी गराउने छौं ।”
महिला हरुका लागी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै आय आर्जनका कार्यक्रमहरू संचालनगरी महिलाहरूमा भएको अन्तर्नि्हित् क्षमतालाई बृधि गर्ने मुख्य उद्देश्य रहेको उहाले बताउनु भयो । आत्म निर्भर बन्नका लागी हामीले तालीम पश्चात केही अनुदान पनि दिने गरेका छौं उहाले भन्नु भयो । यसरी जिल्लामा आय आर्जन र सिप मुलक तालीम लिन पाउदा निकै खुशी महसुस भएको शारदा नगर पालिका वडा नं. २ निवासी गिता केसीले बताउनु भयो । महिला तथा बालबालिका कार्यालयले हाम्रो लागी सुनौलो अवसर प्रदान गरेको छ उहाले खुशी हुदै भन्नुभयो –“तालीम बाट हामीले ज्ञान मात्रै लिएका छैनौ । सीप सिकेर आय आर्जन गर्न पनि जानेका छौं ।”महिला हरुलाई विशेष अवसर प्रदान गरि गरिबि बिरुद्द महिला अभियान अन्तरगत सीप विकास तालीम १सय ५ जनालाई, महिला शसक्तीकरण सम्बन्धी २ सय ५जनालाई, सांगठनिक सुदृढीकरण सम्बन्धी १ सय ४५ जना लाई तालीम दिई सकेको महिला तथा बालबालिका प्रमुख राईले बताउनु भयो । यस्तै महिला कानुनु सम्बन्धी २५ जना , लैंगिक हिंसा निवारण सम्बन्धी ६० जना ,मुल प्रवाहीकरण सम्बन्धी ३० जना ,लेखा परिक्षण सम्बन्धी २० जना लाई तालीम प्रदान गरेको उहाले बताउनु भयो ।।