दुर्घटना रोक्न घोराहीको काठेकोहल घुम्तीमा कन्भेक्स ऐना

घोराही, चैत ३० ।
सवारी दुर्घटना न्यूनिकरणकालागी घोराहीको काठेकोहलमा कन्भेक्स ऐना राखीएको छ । काठेकोहल विद्यालयनेर रहेको घुम्तीमा सवारी दुर्घटनाको अत्यधिक संभावना भएकाले दुर्घटना रोक्नकालागी आज वुधवार ऐना राखीएको हो । समाजसेवी एवं व्यवसायी राजीव गौतमले ऐना स्थापना गर्नुभएको हो । लामो समयदेखी समाजसेवा गर्दै आउनुभएका गौतम जल सेवा एवं प्रभु धुलाई सेन्टरका सञ्चालक गौतमले व्यक्तीगत लगानीमा ऐना खरिद गरी स्थापना गर्नुभएको हो । ऐनाको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक नन्दकुमार पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन र महासंघका सल्लाहकार सुदिप गौतमले उद्घाटन गर्नुभएको हो ।

यस ऐनाले सवारी दुर्घटना रोक्नकालागी महत्वपूर्ण भुमीका खेल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक नन्दकुमार पोख्रेल बताउनुभयो । यसको सहि सदुपयोग गर्न चालकहरुलाई अनुरोध गर्दै पोख्रेलले राजमार्गका हरेक घुम्तीमा यस्ता ऐनाको आवश्यकता भएको बताउनुभयो । साथै ऐना सौजन्य गर्ने गौतम सहित गौतम जल सेवा घोराहीलाई धन्यवाद पनि दिनुभएको छ ।

प्रकाशित मिति : २०७३ चैत्र ३० गते बुधवार
प्रतिक्रिया