तुलसीपुर,२९ चैत्र ।
तुलसीपुर बजारलाई सफा राख्नका लागी शुरु गरिएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानको ३४ औ हप्ताको सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा शुरु गरिएको अभियान अन्र्तगत आज शान्ति बजार टोलमा सरसफाई गरिएको छ । राप्ती बवई क्याम्पसको प्राङ्गन बाट सरसफाई शुरु गरिएको अभियानको शान्ति बजार चौकमा आएर समापन गरिएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष सेवकराम भण्डारीको अध्यक्षतामा आज भएको अभियानको राप्ति ववई क्याम्पसका कार्यबाहक अध्यक्ष मिनराज वलिले सरसफाई सम्वन्धि नारा लगाएर शुभारम्भ गर्नु भएको थियो ।
अभियानमा आयोजक संस्था तुलसीपुर उद्योग बाणिज्य सघ , तुलसीपुर उपमहानगरपालिका , शान्ति नगर टोल बिकास संस्था , पत्रकार , उद्योगी , ब्यवसायी , नेपालि सेना , नेपाल प्रहरि , शसस्त्र प्रहरि , भुतपुर्व प्रहरि संघ , ओम शान्ति , राधा माधव समिति , विभिन्न राजनितिक दलका नेताहरु , राप्ति ववई क्याम्पस , तुलसीपुर नगर जेसीज , रोट्रयाक्ट क्लव तथा अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रमको सन्चालन तुलसीपुर उद्योग वाणिज्य संघका सचिव मीनराज भण्डारीले गरेका थिए ।।