दाङमा चुनढुङ्गा बोकेको टिप्पर पल्टीदा चालकको मृत्यु

तुलसीपुर,२९ चैत्र
टिप्पर पल्टीएर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्य हुनेमा टिप्पर चालक घोराही उपमहानगरपालिका १७ चौघेरा निवासि अन्दाजि ३०।३५ बर्षका हुरी बहादुर कार्कि रहेको  प्रहरीले जनाएको छ । घोराही सिमेन्टको चुनढुङ्गा लिएर फर्किदै गरेको बा ३ ख ३८३५ नम्बरको टिप्पर वडा नम्बर ४ रानीदमार भन्ने ठाउमा हिजो बेलुका पल्टीएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेले जानकारी दिनुभएको छ । टिप्पर एक सय मिटर तल खसेको छ । दुर्घटना हुनुको कारण भने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । चालक मात्रै भएको हुनाले कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको शव पोष्र्टमाटमका लागि घोराही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७३ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया