अर्कालाई गाली गर्दैमा त्यो राष्टवाद हुदैन : कांग्रेस सभापति देउवा

तुलसीपुर, २८ चैत्र ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सविधान कार्यान्वयनका लागि तिन तहको निर्बाचन आवस्यक रहेको बताएका छन् । पाँच नम्बर प्रदेश अन्र्तगत वृहत आमसभालाई दाङको तुलसीपुरमा सम्बोधन गर्दै देउवाले स्थानीय, प्रदेश र सघंको निर्वाचन भयो भने मात्रै संविधान पुर्ण रुपमा कार्यान्वयन हुने बताए । अर्को एक प्रसंगमा सभापति देउवाले पहाडि र मधेसिका विचमा देशमा झगडा बनाउने षडयन्त्र भैरहेको भन्दै यो नेपाली जनताका लागि दुर्भाग्य भएको बताए । नेकपा एमाले तर्फ इङ्गित गर्दै देउवाले अर्कालाई गाली गर्दैमा त्यो राष्टवाद नहुने सवै समुदायमा एकता भयो भनै मात्रै राष्टिय एकता र राष्ट बाद हुने बताए ।

‘मधेसी मात्रै ठिक भन्नु पनि राष्टघाति हो, पहाडी मात्रै भन्नु पनि राष्ट घाति हो, देउवाले भने । ‘जसले बोर्डमा बसेर रक्षा गर्छ, सुस्ता नेपालको हो भन्दै बचाउछ के त्यो राष्ट्रघाति हो ? पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रश्न गरे चर्का कुरा गर्दैमा राष्ट्रबादी हुन सक्दैन ।’सोही सभालाई सम्बोधन गर्दै बरिष्ट नेता रामचन्द्र पौडेलले मेधेसीमोर्चालाई समान्य कुरालाई लिएर झगडा नगर्न आग्रह गरे । परिवर्तनलाई संस्थागत गर्न अव आन्दोल गरेर हैन सहमतिमा आएर निर्वाचनमा भाग लिन आग्रह गर्दै लोकतन्त्रको पक्षमा उभिनु पर्नेमा जोड दिए ।

‘ जनताको अधिकार खोस्ने गरि मोर्चा लोकतन्त्र र परिवर्तनका विरुद्धमा लाग्यो भने त्यसका पछाडि कोहि लाग्दैन पौडेलले भने । देशमा एकता र सद्भाव फैलाउने वेला झगडा गर्न नहुने उनले बताए । सिंहदरवार, गाउँगउँमा आएको बताउदै बरिष्ट नेता पौडेलले कार्यपालीका, न्यायपालीका र विधायिका अव गाउँमै आइपुगेकाले अधिकारको रक्षा गर्ने वेला भएको बताए ।

जिल्ला सभापति कृति खड्काको अध्यक्षतामा भएको भेलालाई महामन्त्री डा. शशांक कोइराला ,कृष्ण प्रसाद सिटौला ,केन्द्रीय सदस्य मिनेन्द्र रीजाल, सिचाईमन्त्री दिपक गिरी लगायतले सम्बोधन गरेका थिए । भेलाको सहजिरकण सचिब शकर डागीले गरेका थिए । थारुहरुको मौलीक भेषभूषा सहित झाकिजुलुसको प्रस्तुती समेत देखाइएको थियो । सयौं बस भाडामा लिएर हजारौँ कार्यकर्ताहरु आमसभामा भाग लिन आएका थिए ।

प्रकाशित मिति : २०७३ चैत्र २८ गते सोमवार
प्रतिक्रिया