२०८३ बैशाख १८ गते शुक्रवार

एउटै विद्यालयमा पाँच थरीका विद्यार्थी अध्ययनरत, विद्यार्थीको चाप धैरै हुदा भवनको अभाव

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ३ जेठ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ रक्षाचौरमा रहेको गुरु जजुर माध्यामिक विद्यालयमा विभिन्न प्रकृतिका विद्यार्थीहरुले अध्ययन गदै आएका छन् । २०११ सालमा स्थापना भएको विद्यालयमा अहिले पाँच थरीका विद्यार्थीहरुले अध्ययन गदै आएका छन् ।
झन्डै दुई हजार विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा दृष्टिविहिन ,सुस्त श्रवण भएका ,श्रवण तथा दृष्टिविहिन गरी दुवै समस्या भएका , शारीरीक अपाङगता भएका र अन्य साङग गरी पाँच थरीका विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक प्रमोद आचार्यले जानकारी दिएका छन् ।
दृष्टिविहिनका लागी विद्यालयमा होस्टेलको व्यवस्था गरिएको छ । दृष्टिविहिन विद्यार्थीहरुले शिशु कक्षा देखी १२ कक्षा सम्म अध्ययन गदै आएका छन् । उनीहरुलाई अध्यापनका लागी एक जना स्थायी दरबन्दीका दृष्टिविहिन शिक्षक र दुई जना राहात कोटामा दृष्टिविहिन शिक्षक कार्यरत रहेको प्रधानाध्यापक आचार्यले जानकारी दिएका छन् । दृष्टिविहिन शिक्षकलाई सरकारले दिएको रकम प्रर्याप्त भएको भन्दै खर्च व्यवस्थापन समस्या भएको उनको भनाई छ ।

यस्तै सुस्त श्रवण भएका बालबालिकाले कक्षा ५ सम्म श्रीगैमा रहेको प्राथमिक विद्यालयमा अध्ययन गरी कक्षा ६ देखी माथिल्नो कक्षाका लागी रक्षाचौरमा अध्ययन गदै आएका छन् । उनीहरुलाई पढाउनका लागी पनि तिन जना शिक्षक कार्यरत रहेका छन् ।
शिशु कक्षा देखी १२ कक्षा सम्म पठनपाठन हुदै आएको विद्यालयमा पछिल्नो समयमा अग्रेजी माध्यमबाट समेत पढाई हुदै आएको छ । तर दृष्टिविहिन र सुस्त श्रमण भएका विद्यार्थीहरुलाई माथिल्नो तहमा समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक आचार्यले बताएका छन् । प्राथमिक तहमा समस्या नभएपनि माथिल्नो कक्षामा अन्य विद्यार्थीहरु संगै बस्नु पर्ने बाध्यता भएको उनको भनाई छ ।

यस्तै पछिल्नो समयमा विद्यार्थी र अभिभावकको मन जितेर विद्यालय नमुना योग्य बन्दै गएको बताउदै देशभरका सामुदायिक विद्यालय मध्ये १ सय ३४ नम्वरमा पर्न सफल भएको दावी गरेका छन् । विद्यार्थीको बढ्दो चाप रहेको बताउदै अहिले विद्यालयमा भवनको अभाव भएको प्रधानाध्यापक आचार्यले बताएका छन् । विद्यालयमा विद्यार्थीको संख्या बढ्दो र पर्याप्त भवन नहुदा अहिले ८५ जना विद्यार्थी एउटै कोठा राखेर पठनपाठन गराउनु पर्ने बाध्यता रहेको छ । ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया