बैशाख दश गते भित्रमा मतपत्र छपाईको काम सक्ने निर्बाचन आयोगको तयारी

काठमाण्डौ,२७ चैत्र ।
निर्वाचन आयोगले बैशाख १० गते भित्रमा मतपत्र छपाईको काम सक्ने गरी प्रक्रिया अघि बढाएको छ । अहिले सम्म ५३ ओटा जिल्लाको मतपत्र छपाईको काम सकिएको र अबको १५ दिन भित्र सबै जिल्लाको मतपत्र छपाईको काम सकिने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले मतपत्र छापाईसँगै जिल्लामा पठाउने काम पनि सुरु हुने बताउनुभयो । निर्वाचन आयोगले अहिले जिल्ला जिल्लामा निर्वाचन मतदाता सामाग्री जिल्ला पठाउने काम गरिरहेको छ । बैशख ३१ ग्ते हुने स्थानीय तहको निर्वाचन आउन अब ३४ दिन वाँकी छ । १ करोड २० लाख मतपत्र छाप्ने काम सकिएको छ ।

निर्वाचन आयोगले मतपत्र छाप्ने जिम्मा जनकशिक्षा सामग्री केन्द्रलाई दिएको छ । केन्द्रले छपाइका लागि जिम्मा पाएको करिब १ करोड ६० लाख मतपत्रमध्ये १ करोड २० लाख छापिसकेको आयोगको जानकारी छ ।

प्रकाशित मिति : २०७३ चैत्र २८ गते सोमवार
प्रतिक्रिया