मैनबत्ती बनाउने तालिम हरीपौरीमा सुरु

तुलसीपुर,२७ चैत्र ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा मैनबत्ती बनाउने तालिम सुरु भएको छ । वडा स्तरिय महिला सन्जालको आयोजना तथा उपमहापालिकाको आर्थिक सहयोगमा दुई दिने तालिम आज देखी हरीपौरीमा सुरु भएको हो । सन्जालकी अध्यक्ष मधु योगीको अध्यक्षता एवं वडा सचिव कविराज आचार्यको प्रमुख आतिथ्यतामा तालिमको उदघाटन गरीएको थियो । सो अवसरमा वडा नागरिक मन्चका संयोजक खगेन्द्र अधिकारी, युवा सन्जालका भिम बहादुर वस्नेत,वडा नं. १२ का कार्यालय सहायक राधा लामीछाने लगाएतले वोल्नु भएको थियो ।

चित्रकला भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकोे सहजीकरण सामाजिक परिचालक शोभा गौतमले गर्नु भएको थियो ।। तालिमको प्रशिक्षकमा ईन्दीरा बोहोरा , भुमा सुवेदी रहनु भएको छ । तालिममा ३५ जना महिलाको सहभागिता रहेको छ ।।

प्रकाशित मिति : २०७३ चैत्र २७ गते आइतवार
प्रतिक्रिया