तुलसीपुर, १४ बैशाख ।
सभामुख कृष्ण बहादुर महराको नाम जोडेर केहि अनलाईनमा आएको समाचार प्रति जिल्ला प्रहरी कार्यालय दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जवरजस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा गत मंगलवार घोराहीबाट तिन जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका ती व्यक्तिहरुलाई छुटाउन सभामुख महरा र नेकपाका सांसदहरुको दवाव आएको भन्ने समाचार प्रति जिल्ला प्रहरी कार्यालयले समाचार खण्डन गदै गम्भिर आपत्ति जनाएको छ ।
कार्यालयले शनिवार जारी गरेको विज्ञप्तीमा भनिएको छ यसरी नियमित र सामान्य प्रहरीको कार्यलाई विशिष्ट व्यक्तिहरुको नाम समेत जोडेर विषयान्तर हुने किसीमले अनाबश्यक, असान्र्दभिक ,अतिरन्जित , अमार्यदित , अशिष्ट , असत्य, भ्रामक र खेदजनक समाचार प्रकाशन भएकोमा जिल्ला प्रहरी कार्यालय दाङ गम्भिर आपत्ति व्यक्त गर्दछ ।
उक्त समाचारले विशिष्ट व्यक्तित्वलाई लाञ्छित गरेको र मर्यादामा आँच पु¥याउन खोजेका प्रति दुःख व्यक्त गदै पत्रकारिताको चरम दुरुपयोग गरी बिना आधार बेतुकको यस्ता गलत समाचार प्रकाशन तथा प्रशारण गर्ने अनलाईन माथी छानविन गरी आबशयक कारबाहि गर्न पत्रकार महासंघ दाङ शाखा मार्फत सम्वन्धित निकायलाई आग्रह समेत गरिएको छ ।
आफुहरुले पक्राउ परेका तिन जना विरुद्ध मुलुकी अपराध (संहिता)ऐन २०७४ को दफा १५८ बमोजिम कारवाही प्रक्रिया अघि बढाईसकेको जानकारी दिदै आफुहरुमाथी कुनै दवाव र प्रभाव नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

