२०८३ बैशाख १ गते मङ्गलवार

सुपथ मुल्यमा अण्डा विक्रि, किसान मर्कामा

लक्ष्मण विश्वकर्मा , तुलसीपुर ११ बैशाख ।  सहुलियत दरमा अण्डा विक्रि गर्न थालेपछि बजारमा किन्नेको भिड लाग्ने गरेको छ ।दाङ सहित पश्चिम नेपालमा अण्डाले बजार पाउन नसकेपछि किसानले घाटा व्यहोरेर सुपथ मुल्यमा विक्रि गर्न सुरु गरेका छन् । जिल्लामा अण्डा धेरै उत्पादन हुनु,गर्मि मौसम सुरु हुनु र बजारमा माग थोरै भएकाले खपत हुन नसकेपछि सहुलियत दरमा विक्रि गर्न सुरु गरिएको नेपाल अण्डा उत्पादक संघ जिल्ला शाखा दाङले जानकारी दिएको छ ।
जिल्लामा हाल दैनिक ७÷८ लाख अण्डा उत्पादन हुने गरेको छ । जस मध्ये जिल्लामा १५ प्रतिशत खपत हुन्छ भने बाँकी ८५ प्रतिशत अण्डा जिल्ला बाहिर निर्यात हुने गरेको छ । तर अहिले पश्चिम नेपालभर बजारमा अण्डाको माग नभएपछि अधिकांस जिल्लामा अण्डा भण्डारण गरिएको छ ।
अण्डा उत्पादनमा प्रतिगोटा अण्डामा किसानको ९ रुपैया लगानी भएपनि दुई रुपैया घाटा व्यहोरेर किसानहरुले अहिले प्रतिगोटा ६ रुपैयामा अण्डा विक्रि गर्न बाध्य भएको संघका जिल्ला सचिव खुम प्रसाद भण्डारीले बताएका छन् । अण्डा उत्पादन क्षेत्रको हिसावले दाङ राम्रो पकट क्षेत्र भएको उनको भनाई छ । जिल्लाका विभिन्न बजारमा सुपथ मुल्यमा अण्डा विक्रि भईरहेको छ ।उनका अनुसार साढे तिन सय किसानहरु कुखुरा व्यवसायीमा आवद्ध भएका छन् ।
किसानहरुले उत्पादन गरेको अण्डा आम उपभोक्ता सम्म जादा किसान र उपभोक्ता ठगिने व्यवसायीले आन्दानी गर्ने भन्दै उपभोक्ताहरुलाई राहत हुने गरि सिधै सुपथ मुल्यमा अण्डा विक्रि गर्न सुरु गरेको सचिव भण्डारीको भनाई छ । कतिपयले कुखुरामा बर्ड फ्लु संक्रमण भनेता पनि त्यो हल्ला र भ्रम फैलाएको उनको भनाई छ ।
 

एक दिनमा डेढ लाखको कारोवार
यता तुलसीपुरमा पनि सुपथ मुल्यमा अण्डा विक्रि भईरहेको छ । त्ुलसीपुरमा रहेको पलाउ कुखुरा सप्लायर्सले एक दिनमा झन्डै डेढ लाख बराबरको अण्डा विक्रि गरेको जनाएको छ । मंगलवार दिउँसो देखी वितरण सुरु गरिएको सप्लायर्सका प्रोप्राईटर विरज डाँगीले जानकारी दिएका छन् ।

यस्तो छ अण्डाको मुल्य
सुपथ मुल्यमा विक्रि गर्न थालिएको अण्डाको मुल्य अहिले झन्डै पचास प्रतिसत सहुलियतमा विक्रि गरिएको छ । जस अन्र्तगत प्रति क्यारेट दुई सय ३० रुपैया पर्ने अण्डालाई अहिले एक सय ३० रुपैयामा विक्रि भईरहेको छ । यस्तै प्रतिक्यारेट दुई सय चालिस पर्ने अण्डाको मुल्य एक सय चालिस, दुई सय साठी रुपैया पर्ने अण्डाको मुल्य एक सय साठी र तिन सय तिस रुपैया पर्ने अण्डाको मुल्य दुई सय रुपैयाको दरले विक्रि भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार
प्रतिक्रिया