सन्तोष के.सी.,तुलसीपुर २७ चैत्र ।
नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन अलग पहिचानको मौलिक र पृथक चलचित्र बनाउन जरुरी रहेको बताएका छन । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उहाले त्यस्तो बताएका हुन । चलचित्र निर्देशकको सृजना र सन्तान भएकोले अब आँफुपनि निर्देशक वन्न चाहेको उनले इच्छा व्यक्त गरेका थिए । कला क्षेत्रमा प्रवेश गर्न सजिलो भएतापनि दर्शकको मन मस्तिस्कमा टिकी रहनु ठूलो कुला भएको उनले बताए ।
उनले आँफुलाई कलाकारको रुपमा भाग्य मानि भनेका थिए । चलचित्र असाध्यै लोकतान्त्रिक पद्धति भएकोले समाजको प्रतिनिधित्व गर्नेगरि अभिनय गर्न नसक्दा जतिबेलापनि जोखिममा पर्न सकिने उनको तर्क थियो । महानायक हमालले वर्तमान राजनीतिक अवस्थालाई निराश जनक रहेको चित्रण गरेका थिए । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धुर्वराज न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई गायक हिमाल सागरले पनि सम्वोधन गरेका थिए । संघका कोषाध्यक्ष शिव पुनको स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रममा धन्यवाद मनतब्य संघका सदस्य दिपक कुमालले गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण संघका सचिव सञ्तोष केसीले गरेका हुन ।