२०८३ बैशाख ५ गते शनिवार

भोली शनिवार दिनभर विद्युत सेवा अवरुद्ध हुने

तुलसीपुर, १५ चैत । भोली शनिवार फेरी पनि दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ ।लमही–घोराही १३२ के.भी प्रसारण लाईन आयोजना, झिङ्नी दाङ अन्र्तगतको लमही १३२/३३ के.भी. सवस्टेशन देखि निर्माणाधीन घोराही(झिङ्नी) १३२/३३ के.भी. सवस्टेशन सम्म १३२ के.भी. प्रशारण लाईनको तार तान्ने कार्य भईरहेको भन्दै भोली शनिवार तुलसीपुर वितरकण केन्द्रबाट वितरण हुने सम्पुर्ण प्रसारण लाईन र घोराही वितरण केन्द्रबाट प्रसारण हुने सम्पुर्ण प्रसारण लाईन अन्र्तगत दिनभर विद्युत सेवा अवरुद्ध हुने तुलसीपुर वितरण केन्द्रले जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले शुक्रवार एक सुचना जारी गदै यस्तो जानकारी दिएको हो । भोली विहान ८ बजेदेखी बेलुका ५ वजेसम्म विद्युत सेवा अवरुद्ध हुने केन्द्र प्रमुख दिपकजंग चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार पश्चिम दाङको च्याँटीखोला सबस्टेशनबाट प्रसारण हुने पुरन्धारा, हंशपुर,बाघमारे,रगैचा,दोघरे,बेलुवा लगायत तुलसीपुर पातुखोला देखि पश्चिमका क्षेत्रहरुमा भने विद्युत सेवा अवरुद्ध नहुने जनाईएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया