रोल्पाको होलेरीमा एक हप्ते पत्रकारिता तालिम सुरु

रोल्पा , २६ चैत्र ।
रेडियो सुनछहरी एफ एम १०१.५ मेगाहर्जले आयोजना गरेको एक हप्ते आधारभुत तथा पत्रकारीता तालिमको शुक्रवारबाट रोल्पाको होलेरीमा सुरु भएको छ । रोल्पाका स्थानीय विकास अधिकारी शुसिल बैद्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै उहाँले पत्रकारिताले विकासका मुद्दालाई निरन्तर उठाउनुपर्ने कुरामा जोड दिनु भएको थियो । गाँउ गाँउमा सफल पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालीममा रोल्पाका विकट गाउँका विभिन्न गाउँपालिका सँगै छिमेकी जिल्लाका करिव ४० जनाको सहभागिता रहेको छ । रेडियोका अध्यक्ष गोपाल पसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर सन्तोष शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उषा मगरले गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमका नेपाली कागे्रस रोल्पाका सदस्य देबेन्द्र बोहरा, नेकपा एमाले रोल्पाका जिल्ला कमिटी उपाध्यक्ष बालाराम बुढा, राष्ट्रिय जनमोर्चाका भिम ब पुन, रुन्टिगढी गाउँपालीका का कार्यकारी अधिकृत शर्मीला न्यौपाने ,पत्रकार एल.बि.मगर, साविक झेनाब गाविस सचिब एव सचिब हकहित सरक्षण समिति निबर्तमान अध्यक्ष यामनारायण सापकोटा, त्रिबेणी गाउपालीका साबिक नुवागाऊ गाविस सचिब होमजड. विश्वकर्मा , नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरीका सभापति लक्षीराम थापा, दिपमाला रोजीन एण्ड टरपीन टाइन डिपो इन्चार्ज टेक ब. थापा लगायतकाले तालीम एउटा सिकाइ र अनुभब आदानप्रदानको थलो भएकाले प्रशिक्षकहरुले सकेजती आफनो क्षमता प्रस्तुत गर्ने र प्रशिक्षार्थीहरुले त्यस्लाइ निकै अनुशासीत, लगनशिल र मेहनतका साथ ग्रहन गर्न सके तालीमले सार्थकता पाउने उल्लेख गर्दै तालिम पश्चात सबैले आ—आफना गाउगाउमा दबेर रहेका सत्य तथ्य घटनालाइ बाहिर उजागरण गर्नपर्नेमा जोड दिएका थिए ।

चैत्र ३१ गतेसम्म सञ्चालन हुने तालिममा पत्रकार बसन्त विबस आचार्यले रेडियो कार्यक्रमका वारेमा तालिम दिने प्रशिक्षण दिने रेडियोका स्टेशन म्याननेजर एंव रिपोर्टस कल्ब रोल्पाका अध्यक्ष सन्तोष शर्माले जानकारी दिनुभएका छ ।

प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार
प्रतिक्रिया