तुलसीपुरको बस पार्क अतिक्रमण गरी बनेका टहरा वैशाख सात गते भित्र हटाउने सहमति

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २६ चैत्र ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित नयाँ बस पार्कको जग्गा अतिक्रमण गरेका घर टहरा हटाउनका लागी फेरी समय थप गरीएको छ । नगरपालिकाले निर्माण गरेका घर टहरा हटाउन चैत्र २७ गते सम्म समय दिएको छ । टोलवासीहरुले यस अघि तोकीएको समय भित्र घरटहरा हटाउन समस्या भएको भन्दै २०७४ वैशाख ७ गते सम्मका लागी समय थपको माग गरे पछि सहमति भएको छ । तोकेको समय सम्म घरटहरा नहटाए नगरपालिकाले जवरजस्ती हटाउने योजना बनाएको थियो ।

शुक्रवार शभ सन्देस टोल विकास संस्था,नगरपालिका कार्यालयका बरिष्ठ वित्तिय अधिकृत ललित घर्ति,ईन्जिनियर पवनकुमार योगी र सरोकारवालाहरु विच भएको छलफलमा टोलवासीहरुले समय थपको माग गरे पछि यस्तो निर्णय गरीएको कार्यालयका वरिष्ठ अधिकृत घर्तिले बताउनुु भएको छ । उनीहरुले समय अभावका कारण तत्कालै हटाउन समस्या भएको बताउदै अवको समय निर्धारण मिति भित्र घरटहरा हटाई सक्ने प्रतिवद्धता जनाएका छन् अधिकृत घर्तिले भन्नु भयो । त्यस क्षेत्रका करिव ३२ घरधुरीले जग्गा अतिक्रमण गरी वस्दै आए छन् ।।

प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार
प्रतिक्रिया