२०८२ मङ्सिर २३ गते मङ्गलवार

तुलसीपुरमा मनपरी भाडालिने दुइ अटो प्रहरीको नियन्त्रणमा

तुलसीपुर, २८ फागनु

ईलाका प्रहरी कार्यालय तुलसीपुरले यात्रुसंग महंगो भाडा लिएको आरोपमा दुइ वटा अटोलाई नियन्त्रणमा लिएको छ । यात्रुसंग मनपरी भाडा असुल गरेको प्रहरीमा खबर आएपछि रा१ह २१९४ र रा१ह ३५२१ को अटोलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
तुलसीपुर उपमहागनरपालिका मेयरको सचिवालयका सदस्य मानबहादुर रावतसंग उपमहानगरपालिकाको कार्यालयदेखि राप्ती प्रादेशीक अस्पताल सम्मको भाडा ५० रुपैया लिएपछि प्रहरीमा खबर गरिएको थियो ।
गत साउनमा जीरो देखि २ किलोमिटर सम्म २० रुपैयाँ र सो भन्दा माथिप्रति किलोमिटर १० रुपैयाँ लिन सक्ने गरि भाडा निर्धारण गरिएको तुलसीपुरका ट्राफिक प्रमुख चन्द्र केसीले बताए । तुलसीपुर उपमहानगरपालिकाले पनि कार् विधि नबनाएकाले केहि समस्या भएको भन्दै दुरीको हिसावले दोब्बर भाडा लिएकोले सवारी ऐन अनुसार कारबाही गर्ने ट्राफिक प्रमुख केसीे बताए ।

फाइलन फोटो

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार
प्रतिक्रिया