२०८२ पुष १ गते मङ्गलवार

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

बुद्धि पुन, सल्यान २८, फागुन ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको श्रीनगरबाट लान्तीबजार तर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर गए राती सवाँ ८ बजेतीर शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको हो । ट्याक्टर सडक देखी झण्डै ३० मिटर तल खेतमा खसेको छ ।

दुर्घटनामा परि चालक शारदा नगरपालिका १२ चिसापानीका २४ बर्षीय कृष्ण डाँगी र गाडीमा सवार चैबाङज्यूला निवासी १३ बर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्याक्टर दुर्घटनामा घाईते भएका उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको थियो । तर उपचारको क्रममा उनीहरुको राती साँढे ९ बजेतीर मृत्यू भएको प्रहरीको भनाई रहेको छ ।

अहिले दुवै जनाको शबलाई जिल्ला अस्पताल सल्यानको शब गृहमा राखिएको छ । आज शवको पोष्टमार्टम पछि घरपरिवारलाई बुझाउने तयारी भईरहेको प्रहरीको भनाई रहेको छ । ट्याक्टर दुर्घटनाको बिषयमा भने थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार
प्रतिक्रिया