तुलसीपुर,१८ फागुन ।
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने १३ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम सिलिंगेका लागि छुटेको भे १ ज १००२ नम्बरको फोर्स गाडी सल्यानको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै टोट्केसल्लामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा घाईते रुकुम चौरहजारी नगरपालिका १२ का ७० बर्षिय झुपे वलीको मृत्यू भएको हो ।
थारमारेमा सामान्य उपचारपछि थप उपचारका लागी जिल्ला अस्पताल सल्यानमा ल्याउदैँ गर्दा बिचबाटोमा नै मृत्यू भएको प्रहरीको भनाई छ । आज दिउँसो १२ बजेतीर भएको भएको दुर्घटनामा गाडी सडकबाट झन्डै १५ मिटर तल शारदा नदीमा खसेको छ ।
घाइतेहरूमा सल्यान दार्मा गाउपालिका २ का २४ बर्षिय दिपेन्द्र शर्मा, कुमाख गाउपालिका ६ का २८ बर्षिय लक्ष्मण रावत, बागचौर नगरपालिका १ का २६ बर्षिय दिपक केसी, निजकी श्रीमती २५ बर्षिय साबित्रा वली, छोरी जीया केसी, कुमाख गाउपालिका ६ बस्ने २० बर्षिय चन्द्रप्रकाश शर्मा, बागचौर नगरपालिका १ की ४४ बर्षि अमृता बस्नेत रहेका छन् ।
यस्तै रुकुम त्रिबेणी गाउपालिका १ का ३७ बर्षिय महेश खड्का, रुकुम त्रिबेणी गाउपालिका ४ बस्ने २६ बर्षिय सेतुराम परियार, बाफिकोट ७ बस्ने ३५ बर्षिय अमर परियार, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी हवल्दार आसिष थापा र त्रिबेणी ३ बस्ने ४१ बर्षिय धन बहादुर केसी र पाल्पा तिनहुँ ६ बस्ने ३५ बर्षिय लाल बहादुर राणा घाईते भएको प्रहरीले जानकारी दिएको छ ।
घाईतेहरु मध्ये ७ जनालाई थप उपचारको लागी नेपालगञ्ज रिफर गरिएको छ भने बाँकी ५ जनाको जिल्ला अस्पताल सल्यानमा र १ जनाको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भईरहेको छ । गाडी दुर्घटनाको कारण भने खुल्न नसेको प्रहरीको भनाई छ ।

