तुलसीपुर,२५ चैत्र । आज विश्व स्वास्थ्य दिवस, दाङ सहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ । ‘उदासीनता रोकौं ः खुलेर कुरा गरौँ” भन्ने मूल नारासाथ आज विश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मानसिक रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथ विश्व स्वास्थ्य दिवस मनाउदै छ । यता दाङमा जिल्ला जन श्वास्थ्य कार्यालय दाङले पनि विविध कार्यक्रम गरी दिवश मनाउदै छ । कार्यालय प्रमुख घनश्याम पोख्रेलका अनुसार पत्रकारहरु सगं अन्र्तक्रिया कार्यक्रम गरी दिवश मनाउन लागीएको हो ।
जिल्लाामा १ हजार २ सय २६ जना मानसिक रोगिहरु रहेका छन । यस्तै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले यो वर्ष मानसिक रोगलाई प्राथमिकतामा राखेर विश्व स्वास्थ्य दिवस मनाउन लागिएको जानकारी दिनुभयो । उहाँले विश्व स्वास्थ्य दिवसले मानसिक स्वास्थ्यबारे विश्वको ध्यान आकृष्ट गराउन खोजेको जानकारी दिँदै नेपालमा पनि ७० प्रतिशतलाई मानसिक रोगसम्बन्धी कुनै न कुनै समस्या भएको बताउनुभयो । नेपालमा ६० लाख मानिस मानसिक स्वास्थ्य सम्बन्धी रोगी रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । सन् १९५० बाट विश्व स्वास्थ्य दिवस मनाउन सुरु गरिए पनि नेपालमा भने सन् १९९५ देखि विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो ।