लैङगिक समानता तथा सामाजिक समावेशीका विषयमा तुलसीपुरमा व्यापक छलफल

तुलसीपुर २४ चैत्र । लैङगिक  समानता तथा सामाजिक समावेशी बजेट परिक्षण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकामा लक्षित समूदायका लागि आएको बजेट, त्यसको कार्यान्वयन र सहभागिताका विषयमा राजनीतिकदल र सरोकारवाला निकायका प्रतिनीधि संग छलफल गरिएको हो । छलफलबाट लैङगिक समानता तथा सामाजिक समावेशीताको सशक्तिकरणका प्रकृयामा भए गरेका कामका विषयमा व्यापक छलफल गरेर प्रतिवेदन तयार पारिने तुलसीपुर उपमहानगरपालिकाका समाज कल्यान अधिकृत टोपबहादुर डाँगीले जानकारी दिए ।

करिब ३२ जनाको सहभागिता रहेको कार्यक्रममा लैङगिक समानता तथा सामाजिक समावेशी र बजेटका बारेमा प्रशिक्षक राममाया लामिछानेले जानकारी गराएकी थिइन् । तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा बालअधिकारकर्मी नबराज लामीछाने स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अधिकृत भिम खत्री लगाएतले बोलेका थिए । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको सहयोगमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७३ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया