तुलसीपुरमा बाल श्रम मुक्त वडा घोषणाको लागि तयारी तिब्र

तुलसीपुर,२४ चैत्र ।

तुलसीपुर उप महानगरपालिकाको वडा नं. ५ बाल श्रम मुक्त वडा घोषणा हुने भएको छ । नव जागरण महिला तथा वाल संरक्षण केन्द्रका अध्यक्ष नवराज लामीछानेले तुलसीपुर खबर सग कुराकानि गर्दै यो यसको तयारी तिव्र रुपमा भैरहेको बताए । उनले २०७४ भाद्र सम्ममा घोषणा गर्न सकिने समेत बताएका छन । यसका लागि छलफल भएपछि मात्रै मिति टुङ्गो लाग्ने उनले बताए । बालमैत्री घोषणा गर्ने विषय निकै चुनौती पुर्ण रहेपनि आफुहरुले यसमा लागिपरेको उनले बताए । उनले पहिलेको तुलनामा पछिल्नो समय तुलसीपुरमा बालश्रम केहि कमी हुदै आएको समेत दावि गरे ।

वाल मैत्री वडा घोषणा गर्न बालवालिका सम्वन्धि २७ वटा वाल सुचक पुरा गर्नुपर्ने बताउदै सवैको साथ सहयोगको अपेक्षा समेत उनले गरे । सोहि अनुसार पहिलो चरणमा टोल केन्द्रित कार्यक्रम तथा तथ्याङक संकलन गर्ने कार्य भैरहेको उनले जानकारी दिए । उप महानगरपालिकाको १९ वटा वडा मध्य सवै भन्दा वढि वाल श्रम हुने क्षेत्र भनेकै वडा नं. ५ भएकोले उप महानगरपालिकाले यसै वडालाई लक्षित गरी पहिलो वडाको रुपमा घोषणा गर्न लागेको उप महानगरपालिकाका समाज कल्यान अधिकृत टोप बहादुर डागीले बताए ।।

प्रकाशित मिति : २०७३ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया