तुलसीपुर, ६ शुक्रवार । दाङ सल्यान सडक खण्ड अन्र्तगत तुलसीपुर ३ राम्री र हरनेटी विच भागमा पर्ने घुम्तिनेर विद्यार्थी बोकेको बस शुक्रवार बेलुकी ५ वजेतिर दुर्घटनामा परि मुत्युको हुने संख्या १७ पुगेको घटना स्थलबाट तुलसीपुर ३ का वडाध्यक्ष विर बहादुर विक विजयले जानकारी दिएका छन । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।
बसमा यसै शैक्षिक सत्रदेखि दाङमा सञ्चालन भएको शहिद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थि र शिक्षक रहेका थिए ।सल्यानको कपुरकोट स्थीत मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गरेको बा ४ ख ९७६६ नंम्वरको बस रोडबाट झन्डै ६÷७ सय मिटर तल खसी दुर्घटना भएको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसपी प्रेम बहादुर शाहीको नेतृत्वमा प्रहरी टोली, स्थानिय र जनप्रतिनिधिहरु उद्धा्रमा खटीएका छन् । अहिले सम्म ९ जना घाईतेहरुलाई अस्पताल पठाईएको बताईएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


















