म्यादि प्रहरीका लागि दाङमा रिजल्ट कुर्दै युवाहरु

प्रेमबहादुर राम्जा,घोराही २१ चैत ।

चैत २२ गते भोलि ७५ हजार म्यादीको छनौट हुदै छ । दाङमा ५ हजार ८ सय जनाले आवेदन दिएका थिए । जसमा फिजिकलमा दुई सय जना फेल भएका छन । हिजो पाच हजार छ सय जनाले लिखित परीक्षामा सहभागिता जनाएका छन । उनिहरुको आज रीजल्ट प्रकाशित हुने भनेपछि उनिहरु रिजल्टका प्रतिक्षामा प्रहरी कार्यालयमा पनि भीड लागेको छ । ७५ हजार जना छनौट भएपछि उनीहरुलाई एक महिना तालिम दिएर विभिन्न जिल्लाहरुमा खटाईने छ । म्यादी प्रहरीमा भर्ना हुने सबै जिल्ला सगै दाङको प्रहरी कार्यालयमा पनि भीड लागेको छ । १७ गतेसम्म फारम दर्ता गरेकाहरुले फिजीकल र लिखित परिक्षा दिएका छन् ।

अब आजका लागि मौखिक परिक्षा बाँकी रहेको छ । आगामी बैशाख ३१ गते तोकीएको स्थानीय तहको निर्वाचनका लागि देशभरीबाट ७५ हजार म्यादी प्रहरीका लागि आवेदन खुला भयो र त्यसका लागि दुई लाखभन्दा बढीले आवेदन दिए । चैत ११ गतेदेखि १७ गतेसम्म गरी दुई लाखभन्दा बढीले आवेदन दिएका हुन् । देशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरुमा मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षको चर्चा चलिरहेको बेला म्यादी प्रहरीका लागि भने युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो । राजनीतिक परिवर्तनका लागि युवाहरुले साथ दिए पनि युवाहरु भने उम्मेदवारी तर्फभन्दा म्यादीका लागि प्रतिष्पर्धामा रहेका छन् । करिव ५५ दिनसम्म काम गर्ने गरी म्यादी प्रहरीको भर्ना खुला गरिएको हो ।

यसमा युवा, पुर्व सुरक्षाकर्मी, पुर्व म्यादी प्रहरीको सहभागीता रहेको छ । निर्वाचन आयोगले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सुरक्षाका लागि खटाउने निर्णय गरेको छ । यस्तै सरकारले थप सुरक्षाका लागि म्यादी प्रहरी खटाउने गरी भर्ना खोलेको जनाएको छ । उनीहरुले गस्तीदेखि मतदान केन्द्रहरुमा समे खटाइने बताइएको छ । उनीहरुलाई बैशाख ३१ गतेको निर्वाचन सम्पन्न पश्चातका काम सकेर घर फर्काइने छ । थोरै दिनका लागि म्यादी प्रहरीको भर्नामा देखिएको लाइन बेरोजगारको एउटा उदाहरण मान्न सकिन्छ ।।

प्रकाशित मिति : २०७३ चैत्र २१ गते सोमवार
प्रतिक्रिया