तुलसीपुर,२० चैत्र । जिल्ला प्रहरी कार्यालय दाङले घोराही स्थित डाँफेहोटेल एण्ड रेष्टुरेण्ट संचालकलाई पक्राउ गरेको छ । गत चैत्र १४ गते घोराही उपमहानगरपालिका १५ स्वास्थानी टोल स्थित उक्त होटेलमा एक युवक मृत अवस्थामा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेका संचालकलाई केहि सार्वजनिक अपराध सम्बन्धि मुद्दा चलाइएको उपरिक्षक सिंहले बताए ।
होटेलमा आउने ग्राहको परिचय खुल्ने कुनै पनि कागजात नराखी होटेल संचालन गर्दा शान्तिी सुरक्षामा प्रतिकुल असर पुगेको भन्दै प्रहरीले उनलाई मुद्दा चलाएको हो । लाइसेन्स बनाउने भन्दै दाङमा आएका रोल्पाको प्वाङ निबासी टोपबहादुर घर्तिको शनिबार सनाखत भएको थियो । मृतकलाई उनको आमाले चिने पछि सनाखत भएको थियो ।
प्रकाशित मिति : २०७३ चैत्र २० गते आइतवार