तुलसीपुर २० चैत्र । नेकपा एमाले जिल्ला कमिटी दाङले स्थानीय तहमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । गाउँपालिका देखि उपमहानगर पालिकाका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टीकाराम खड्काले जानकारी दिए । चैत्र २१ देखी २७ गते सम्म आयोजना गरिएका कार्यक्रमलाई एमाले स्थायीकमिटी सदस्य तथा सूचना तथा संचारमन्त्री शंकर पोख्रेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
पूर्वघोषित कार्यक्रम अनुसार चैत्र २१ गते बबई गाउँपालिकामा, २२ गते लमही र राप्ती गाउँपालिका, २४ गते शान्तीनगर र दंगीशरण गाउँपालीका, २५ गते राजपुर, २६ गते घोराही उपमहानगर पालिका र २७ गते तुलसीपुर उपमहानगरपालिकामा कार्यकर्ता भेलाको आयोजना गरिएको अध्यक्ष खड्काले बताए ।
प्रकाशित मिति : २०७३ चैत्र २० गते आइतवार