कांग्रेसले भ्रम फैलाउन सुरु गर्‍यो : पूर्व उपमेयर पाण्डे

तुलसीपुर २० चैत्र । तुलसीपुर नगरपालीकाका पूर्व उपमेयर घनश्याम पाण्डेले नेपाली कांग्रेसले विगतका चुनावमा जस्तै भ्रम फैलाउन सुरु गरेको बताएका छन् । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ ले राप्ती बाल उध्यानमा आयोजना गरेको वडा भेलालाई सम्बोधन गर्दै पाण्डेले केपि वली नेतृत्वको सरकारले विनियोजन गरेको बजेटलाई आफुले ल्याएको भन्दै कांग्रेसका नेताले गाउँगाउँमा गएर भ्रम छरेको बताए । केपि वलीले बजेट छ¥यो भनेर आरोप लगाउने कांग्रेस पार्टीका नेताहरु अहिले गाउँमा पुगेर आफुले ल्याएको बजेट भन्दै कार्यकर्तालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर कमीसन खाने चक्करमा लागेको बताए । ‘केपिले वलीले पैंसा सिंहदरवारमा बाकसमा राख्ने हैन, गाउँगउँमा पु¥याउने हो भन्दा कांग्रेसले खिल्ली उडाउँथ्यो, ‘पाण्डेले भने’ त्यहि बजेटलाई मैलै ल्याएको भन्दै कांग्रेस नेता तथा कार्यकर्ताले गलत प्रचार गरेका छन् ।’

सो अवसरमा बोल्ने अन्य वक्ताले आगामी निर्वाचनमा सवल र सक्षम नेतृत्वको आवश्यकता रहेको भन्दै त्यस्तो नेतृत्वलाई जिताउन कार्यकर्ताहरु घरघरमा जानु पर्ने बताएका थिए । वडा कमिटीका संयोजक सावित्रा रिजालको अध्यक्षामा भएको कार्यक्रममा एमाले दाङका संगठन विभाग प्रमुख कृष्ण प्रसाद भुसाल, जिल्ला कमिटी सदस्य द्धोय पदम केसी, तारा देवकोटा, पूर्व जिल्ला सदस्य द्धोय पिताम्वर आचार्य, गणेस घर्ती, जेष्ठ नागरिक पूर्व जिल्ला कमिटी सदस्य लोकमणी रिजाल, पूर्व जिल्ला सदस्य अमित शर्मा, चित्रा मल्ल, पोमनारायण रिजाल, कुलप्रसाद कालोथोकी, साविक ४ नब्बर वडा कमिटीका अध्यक्ष दिपेन्द्र भण्डारी लगाएते आ–आफना भनई राखेका थिए । कार्यक्रमको संचालन पूर्व ३ नम्बर वडाकमिटीका अध्यक्ष लोकमणी पन्थीले गरेका थिए ।  यसैविच तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ र १५ को सयुक्त कार्यकर्ता भेला आईतवार डुरुवाको माध्यामिक विद्यालय भोजपुरमा सम्पन्न भएको छ । वडा नं. १४ का वडा संयोजक रेसम बहादुर वलीको अध्यक्षता तथा सहकारी तथा गरिवी निवारणका केन्द्रिय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको भेलाले १४ र १५ को वडा कमिटि गठन गरेको छ ।

प्रकाशित मिति : २०७३ चैत्र २० गते आइतवार
प्रतिक्रिया