कोलम्बियामा बाढी पहिरो ,२५४ जनाको मृत्यु

चैत २० – दक्षिण अमेरिकी देश कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको संख्या दुई ५४ पुगेको छ । बाढी तथा पहिरोमा परि दुई सय भन्दा धेरै बेपत्ता भएका छन् । यस्तै चार सय जना घाइते भएका रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । रातभरि भएको वर्षाका कारण स्थानीय नदीमा पानीको बहाव उच्च भएको छ भने बाँध फुटेका छन् । बाढी तथा पहिरोका कारण पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ । राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । राष्ट्रिय आपतकालिन उद्धार अन्तर्गत सुरक्षाकर्मी खटिएको उहाँले बताउनुभएको छ ।  उहाँले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गर्नुभएको छ । उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी घटिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २०७३ चैत्र २० गते आइतवार
प्रतिक्रिया