सिचाई मन्त्री गिरीले भने “मधेसि दलहरु पनि चुनावमा आउछन”

तुलसीपुर,१९
सिचाई मन्त्री दिपक गिरीले तोकिएकै समयमा स्थानिय निकायको चुनाव हुने बताउनुभएको छ । रीर्पोटस क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । “सरकारको चाहना एउटै मात्र छ , त्यो हो तोकिएकै समयमा चुनाव गराउने ” उहाले भन्नुभयो । त्यसैगरी उहाले स्वच्छ ढगंले चुनाव सफल पार्न सवै लाग्नुपर्नेमा जोड दिनुभयो । मधेसि दलहरु सग वार्ता र छलफल भईरहेकाले उनिहरु पनि चुनावमा सहभागि हुने उहाले दावि गर्नुभयो । स्थानिय निर्वाचन अहिलेको आवस्यकता भएको भन्दै सवैको भावना बमोजिम अघि बढ्नुपर्ने उहाको भनाई थियो । सो अवसरमा सांसद डिल्ली बहादुर चौधरीले समेत आफ्नो भनाई राख्नुभएको थियो । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजिकरण सचिब विमल गौतमले गनुभएको थियो ।।

प्रकाशित मिति : २०७३ चैत्र १९ गते शनिवार
प्रतिक्रिया