सल्यानको जिमालिमा विद्यालय मर्मतका लागि घोडाले पानी बोग्दै

मिना बुढाथोकी, सल्यान १९
गत वर्षको हावाहुरीले विद्यालय भवनलाई जिर्ण बनाएपछि सल्यानको एक विद्यालयले घोडामा पानी बोकाएर विद्यालय मर्मत गरि रहेको छ । सल्यानको जिमालीमा रहेको एक विद्यालयले घोडामा पानी बोकाएर विद्यालय मर्मत शुरु गरेको जनाएको छ । कुमाख मालिका गाउँपालिका वडा नं. ७ जिमाली विर्केनेटीमा रहेको विर्केनेटी आधारभुत विद्यालयले यसरी विद्यालय मर्मत कार्य थालेको हो । विद्यालय देखि झण्डै एक किलोमिटर तल बाट घोडाले वोकेर ल्याएको पानीले विद्यालयको मर्मतको काम भैरहेको विद्यालयका प्रधानाध्यापक डिल्ली बहादुर बुढाथोकीले बताए ।

उनले भने –“घोडाले एक पटकमा दुईघण्टा लगाएर ७० लिटर पानि ल्याउछ साहुले १ सय ५० रुपैँया लैजान्छ” । एक दिनमा एउटा घोडाले ३ सय ५० लिटर पानी वोक्ने गरेको बुढाथोकीले बताए । “दिनमा ३ वटा घोडाले पानी बोक्छन्” उनले भने–“खोलाको पानी भनेर के गर्नु दैनिक प्रति लिटर साढे दुई रुपैँया दरले पानी किनेर विद्यालय मर्मत गरिरहेका छौँ ।” विद्यालय मर्मतका लागी सेभ द चिल्ड्रेन सँगको साझदोरीमा संचालित एकिकृत परियोजना अन्र्तरगत सवैका लागी सिकाइ कार्यक्रमले झण्डै २ लाख सहयोग गरेको उनले बताए ।

“मानिसले एक किलोमिटर टाढाबाट वोकेको पानीले विद्यालय मर्मत गर्न सम्भव भएन” उनले भने– “विद्यालयको श्रोत नहुँदा जनश्रमदानले सिमेन्ट, वालुवा विद्यालय सम्म लैजान नै हैरान छ ।” विद्यालयको श्रोत निजिश्रोत शिक्षकहरुलाई तलव खुवाउन नै ठिक्क हुन्छ” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले भने –“श्रोत जुटाउन नसक्दा विद्यालयका दुईवटै जिर्ण भैसकेका भवनहरुलाई मर्मत गर्न सकेका थिएनौँ ।” अहिले कार्यक्रमको सहयोग र अविभावकहरुको जनश्रमदानले विद्यालय मर्मत सम्भव भएको उनले बताए । विद्यालय मर्मत अन्र्तरगत वाहिरी र भित्रि पलस्तर, छाना अड्याउने र रङ्ग लगाउने काम भैरहेको उनले बताए । विद्यालयमा पिउने पानीको समेत उचित व्यवस्था नहुँदा विद्यालयले पिउने पानी घरबाटै ल्याउने गरेको विद्यालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७३ चैत्र १९ गते शनिवार
प्रतिक्रिया