तुलसीपुर उप महानगरपालिका ५ मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

तुलसीपुर,१८
नेकपा माओवादि केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का कोषाध्यक्ष करण परियारकि आमाको शुद्धशान्तीको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । स्व. नन्दकलि परीयारका जेठा छोरा सुरेन्द्र परियारको अध्यक्षता तथा दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य खड्क बहादुर सुनारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । माओवादि केन्द्र वडा कमिटी,नगर स्तरीय दलित सञ्जाल र टोलको तर्फबाट संयूक्त रुपमा उक्त कार्यक्र भएको थियो ।

सो अवसरमा बोल्ने बक्ताहरुले मृत्यु सवैमा आईपर्ने भएकाले बाचुन्जेल कसैको रीस राग गर्न नहुनेमा जोड दिएका थिए । साथै बाच्दा सम्म एकले अर्का लाई सम्मान गरी समाजमा उदाहरणिय काम गर्नुपर्ने उनिहरुको धारणा रहेको थियो । सो अवसरमा दलित मुक्तिमोर्चाका जगत दर्लामि,राधिका परियार,माओवादि केन्द्रकि सिता वली बृक्षा,वडा कमिटिका अध्यक्ष मिनराज भण्डारी , नव सृजना टोलका अध्यक्ष निर्मल परीयार, लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । छोरा करण परीयारले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकरण माओवादि केन्द्र वडा कमिटिका सचिब वेद प्रसाद वलीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७३ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया