फोटो फाईल
तुलसीपुर, १ बैशाख । दाङमा फरार प्रतिवादीको सुचीमा रहेका १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार एक हप्ताको अवधीमा १२ जनालाई पक्राउ गरिएको हो । विभिन्न मितिमा अदालतले दोषी ठहरको फैसला गरी फरार प्रतिवादी १२ जनालाई पक्राउ गरीएको हो ।
अदालतले उनीहरुलाई १ वर्ष ११ महिना ३ दिन कैद सजाय र ९२ हजार ६९१ रुपैया जरिवाना तोकेको थियो । प्रहरीले पक्राउ परेकालाई अदालतमा पेश गरेको सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ बैशाख १ गते मङ्गलवार


















