२०८२ फाल्गुन १ गते शुक्रवार

दाङमा विभिन्न मुद्धामा फरार १३ जना अभियुक्त पक्राउ

फोटो फाईल

तुलसीपुर, ११ माघ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्धामा फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार माघ १ गतेदेखी १० गते सम्मको अवधीमा १३ जनालाई पक्राउ परेका छन् । विभिन्न मुद्धामा फैसला भैइ फरार भएका उनीहरुलाई पक्राउ गरी कार्यन्वयनका लागी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । अदालतले उनीहरुलाई १ लाख ८७ हजार ४२८ रुपैया जरिवाना र ३ वर्ष ८ महिना २ दिन कैद सजायको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार
प्रतिक्रिया