तुलसीपुर, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको लागी लुम्बिनी प्रदेशको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ । जारी मतदानमा दिउँसो १ः ३० बजे सम्म २७९ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय घोराहीले जानकारी दिएको छ । कार्यालयका अनुसार प्रदेश सांसदतर्फ ४८ पुरुष र २९ महिला गरी ७७ जना र स्थानिय तह तर्फका ११९ पुरुष र ८३ जना महिला गरी २०२ जनाले मतदान गर्नुभएको छ ।
प्रदेश सभा सदस्य र स्थानिय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष गरी हालसम्म २७९ जनाले मतदान गर्नुभएको छ । मतदानका लागी दिउँसो तिन बजेसम्म समय निर्धारण गरिएको छ ।प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिन पदका लागी आठ जनाले निर्वाचनमा भाग भाग लिएका छन् ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार



