२०८२ फाल्गुन १ गते शुक्रवार

अण्डाको मूल्य बढ्यो

दाङ,११ माघ । अण्डाको माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अण्डाको मूल्य वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४९५ पुगेको छ । यसअघि प्रतिक्रेट ४६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य ४७५ कायम गरिएको छ । यसअघि यो अण्डा ४४५ मा बिक्री हुँदै आएको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट ५५० थियो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो । अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो । अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार
प्रतिक्रिया