२०८२ फाल्गुन १ गते शुक्रवार

दाङ निर्वाचन क्षेत्र नम्वर ३ मा २३ जना उमेदवारले पाए चुनाव चिन्ह(यस्ता छन् चिन्ह)

चुनाव चिन्ह भाले देखी माटो सम्म

तुलसीपुर, १० माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी दाङ निर्वाचन क्षेत्र नम्वर ३ का उमेदवारलाई शुक्रवार चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका सहायक निर्वाचन अधिकृत टिका कुमारी रोकाले जानकारी दिनुभयो ।

विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २३ जना उमेदवारको अन्तिम नामावली प्रकाशन गरी उनीहरुलाई चुनाव चिन्ह प्रदान गरिएको उहाले जानकारी दिनुभयो । जसमा नेपाली काग्रेसको तर्फबाट निवर्तमान सांसद दिपक गिरीको चुनाव चिन्ह रुख,नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिका निवर्तमान मेयर घनश्याम पाण्डेको चुनाव चिन्ह सुर्य, नेपाली कम्युनिष्ट पाटीबाट धनबहादुर मास्कीको चुनाव चिन्ह पाँचकुने तारा , रास्वपाबाट कमल सुवेदीको घण्टी, राष्टिय जनमोर्चाबाट कमला जिसीको गिलास, नेपाल कम्युनिष्ट पाटी (माओवादी)बाट बल बहादुर वलीको गोलोघेरा भित्र दुई पान भएको गुलाफको फुल, श्रम संस्कृति पाटीबाट टोप बहादुर महतराको अन्जुलीमा रहेको माटो, राष्टिय प्रजातन्त्र पाटीबाट दामोदर भण्डारीको हलो,जनता समाजवादी पाटी नेपालबाट शोभा डाँगीको ढल्केको छाता, नेश्नल रिपब्लीक नेपालबाट प्रितम चौधरीको उडिरहेको माहुरी,मंगोल नेशलन अर्गनाईजेसनबाट घनश्याम चौधरीको कुखुराको भाले र आम जनता पाटीबाट पाण्डवी नेपालीको मोवाएल चुनाव चिन्ह रहेको छ ।

यस्तैगरी नागरिक उन्मुक्ति पाटीबाट महेश चौधरीको चकिया जाँतो, सयुक्त नागरिक पाटीबाट दलविर कामीको गितार र मितेरी पाटी नेपालबाट सन्तोष सिंहको घोडा रहेको उहाले जानकारी दिनुभएको छ ।यस्तै स्वतन्त्र उमेदवारहरु भरत परियारको जिप, यम बहादुर बस्नेतको क्यामेरा, सुरेस नेपालीको आँप, ईन्द्र बहादुर बस्नेतको त्रिभुज,प्रेम बहादुर वलीको रिक्सा,भागीराम चौधरीको ढिकी,सप्रिक कडेलको सिरिन्ज र महेस डाँगीको क्याप चुनाव चिन्ह रहेको छ ।

निर्वाचन कार्यतालिका अनुसार गत मंगलवार मनोनयन दर्ता गराएका २५ जना मध्ये दुई जनाले शुक्रवार उमेदवारी फिर्ता लिएका थिए । फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार गोपाल वली(प्रविन) र प्रगतिशिल लोकतान्त्रिक पाटीका घनश्याम डाँगी रहेका छन् ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिवार
प्रतिक्रिया