२०८२ फाल्गुन १ गते शुक्रवार

लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य :महासचिव पोख्रेल

तुलसीपुर, १ माघ ।नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताउनु भएको छ ।प्रेस चौतारी नेपाल दाङ शाखाले आज (विहिवार)घोराहीमा आयोजना गरेको बधाई तथा पत्रकार भेटमा कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भयो ।

साथै उहाँले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य रहेको उहाले बताउनुभयो ।महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएको बताउँदै प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य कुरा नभएको बताउनुभयो । विखण्डनले राष्ट्र कमजोर बनाउँने उहाको भनाई थियो ।

लोकतन्त्र ,शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको उहाले बताउनु भयो । साथै उहाले अर्को प्रसंगमा बोल्दै रास्वपाका सभापति रवि लामीछाने माथीको मुद्धा फिर्ता हुनु कानुनी उपहास भएको टिप्पनी गर्नुभएको छ । कानुनी राज्य हातमा लिएर न्यायलयको धज्जी उडाउने काम अहिलेको सरकारले गरेको उहाले आरोप लगाउनुभयो ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहिवार
प्रतिक्रिया