तुलसीपुर, ३० पुस । नेपाल उद्योग तथा व्यवसाय महासंघ तुलसीपुर नगरकमिटिले विपन्न तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । महासंघले तुलसीपुरको बसपार्क नजिकै प्रतिक्षालयमा बुधवार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर ५ नम्वर वडाका ४० जना भन्दा बढिलाई ब्लाङकेट वितरण गरेको हो ।नगर कमिटिका अध्यक्ष पदम पोख्रेल (जेठुकान्छु)को अध्यक्षता एवं भुमी समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बस्नेतको प्रमुख आतिथ्यता तथा नेकपा एमाले दाङका सचिव श्याम डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विषयबस्तुबारे प्रकाश पार्दै अध्यक्ष पोख्रेलले सामाजिक उत्तरदायीत्व अन्र्तगत महासंघले उद्योगी,व्यवसायीहरुको सहकार्यमा आर्थिक संकलन गरी न्यानो कपडा वितरण गरेको बताउनु भयो । जाडो मौसममा विपन्न तथा जेष्ठनागरिकहरुलाई केहि राहत होस भनेर तुलसीपुर ५ का विभिन्न टोललाई लक्षित गर्दै आफुहरुले आर्थिक सहयोग जुटाएर कार्यक्रम गरेको उहाले बताउनु भयो ।
साथै उहाले यो कार्यक्रममा सहयोग गर्ने सहयोगदाताहरु प्रति धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । सो अवसरमा बोल्दै भुमि आयोग दाङका अध्यक्ष बस्नेतले विपन्न र जेष्ठ नागरिकहरुलाई सेवा गर्नु मानविय सेवा भएको भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । महासंघका अध्क्ष पोख्रेलको अघुवाईनमा विगतमा पनि विभिन्न खाले सामाजिक कार्य गर्दै आएको बताउदै उहाले उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले दाङका सचिव डाँगी, चेम्वर अफ कर्मशका केन्द्रिय सदस्य तथा तुलसीपुरका व्यापारी टोप बहादुर घर्ति, पत्रकार दिपक बोहरा लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण महासंघ तुलसीपुर नगर कमिटिका महासचिव विमला शर्माले गर्नुभएको थियो ।



