तुलसीपुर, २८ पुस । तुलसीपुर उपमहानगरपालिका कार्यालयले तुलसीपुर क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई सरसफाई शुल्क सात दिनभित्र बुझाउन आग्रह गरेको छ ।कार्यालयले तुलसीपुर क्षेत्रका स्वास्थ्य केन्द्र,मेडिकल, क्लिनिक,पोलिक्लिनिक तथा अस्पतालहरुलाई पत्राचार गर्दै सरसफाई शुल्क सातदिन भित्र बुझाउन भनेको हो ।
कार्यालयका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले हस्ताक्षर गरी जारी गरेको सुचनामा पालिकाकोआर्थिक विधेयक २०८२ को अनुसुची १३ को १३८ मा सरसफाई शुल्क सम्बन्धी व्यवस्था बमोजिम तोकिएको समयमा शुल्क बुझाउन आग्रह गरिएको छ । कार्यालयले स्वास्थ्य प्रदायक संस्थाहरुबाट उत्पादन हुने फोहोर मध्ये निर्मुलीकरण गरी व्यवस्थापन गर्नुपर्ने फोहोरजन्य बस्तु बाहेक अन्य फोहोर व्यवस्थापन गर्दै आईरहेको भन्दै त्यस बापतको सरसफाई शुल्क बुझाउन आग्रह गरेको छ । साथै पत्रलाई व्यवास्ता गरी तोकिएको समयमा शुल्क नबुझाएमा कार्यालयले फोहोर नउठाउने चेतावनी समेत दिएको छ ।



