तुलसीपुर १८ चैत्र
मिठो कला र गलाका धनी कार्यक्रम संचालक तथा प्राध्यापक बसन्त विबश आचार्यले ‘ठमेल बजार’ बोलको गितमा नृत्य आउँदै छ के भन्न भ्याएका थिए, दर्शकदिर्घाबाट तालीको गड्गडहट र हुटिङले कार्यक्रम स्थल गुञ्जायमाण भयो । सायद दर्शकहरुले नृत्य यस भन्दा अघि देखेको हुनु पर्छ रत ताली र हुटिङ एकैसाथ बर्षा भयो ।
रुप र पहिरणले धपक्क बेलेकि दुर्गालाई, उद्घोषकले बोलाए लगत्तै उनि आउन लागेको करिब २५ सेकेन्डको समय दर्शकहरुका लागि अति नै लामो लाग्यो ।
लाइदिउँला चोखो पियार, प्राण लाईदिउँला चोखो पियार, सुरुको टुक्कामा संवेदशिल अङ्गमात्र छोपिने पोशाक (परि कपडा) मा नाच्न आएकी दुर्गा वली स्टेजमा आइ पुग्ने वित्तिकै उनको प्रस्तुती शुरु भयो ।
लैजाउ घुमाउन मलाई ठमेल बजार,
टेक्सी चढाउदै, लाइदिउला चोखो पियार ,
बेलमै पाक्यो रसिलो दाना, भिरमै क्यार्नु हो
कलिलो जोवान मुखै रसायो खाउँ खाउँले. मर्नु र्भो,
बोलको टुक्कामा कम्मर मर्काई–मर्काइ हाउभाउले गितको भाव झल्किने गरि नृत्य निरन्तर अघि बढिरहेपछि दर्शको रुपमा रहेका सयौं छात्र छात्राहरु आआफु बसेका ठाउँबाट जुरुक्क उठेर हुटिङ सुरु गरे । दुर्गाको नृत्य देखेर कपितय स्वरस्वरैमा हल्लीरहेका थिए । भिड अनियन्त्रीत हुने होकि भन्ने डरले उद्घोषकले पटक पटक व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई आग्रह गरिरहेका थिए ।
पब्लीक ज्ञानज्योति स्कुलले कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विदाइ गर्न शुक्रबार तुलसीपुरमा आयोजना गरेको विदाइ कार्यक्रममा यस्तै यस्तै प्रतिभाहरुको प्रस्तुती भइरहदा किशोर किशोरीहरु अवस्थाका छात्रछात्राहरु हौसीएका थिए । कक्षा ११ मा अध्यनरत दुर्गा अन्य विधामा पनि निपुण रहेको विद्यालयले बताएको छ ।।