२०८२ माघ २ गते शुक्रवार

तुलसीपुरमा विद्यालयका क्यान्टिनको अनुमगन तिब्र

तुलसीपुर,१ पौष । दाङको तुलसीपुरमा रहेका विद्यालयका क्यान्टिनको अनुमगन कार्यलाई तिब्र बनाईएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले संयुक्त अनुगमण कार्यलाई तिब्रता दिएको छ ।

आज मात्रै तुलसीपुरमा रहेको हिमाल एकेडेमी, डिभाईन टेम्पल एकेडेमी, गुरुकुल एकेडेमी लगाएतका क्यान्टिन र ओम बस्नेत सप्लायर्स, केसी किराना पसलमा पनि अनुगमण गरिएको छ । अनुगमणका क्रममा केहि विद्यालयका क्यान्टिनहरुमा सरसफाईको अवस्था कमजोर देखिएको थियो भने चाट, पकौडा लगाएतका खानेकुरामा रंगको प्रयोग भएको, एउटै तेल धेरै पटक प्रयोग गर्दा तेलको गुणस्तर कम्जोर भएको पाईएको थियो । भने विद्यालय क्यान्टिन भित्र जंकफुडहरु पनि राखिएको थियो । यस्ता कैफिएत फेला परेका क्यान्टिनहरुलाई सुधार गर्न निर्देशन दिईको र ती अखाद्य खानेकुरा, रंग र तेल नष्ट गरिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले जानकारी दिनुभयो ।


पछिल्लो पटक गरिएको अनुगमणमा हाल सम्म तुलसीपुरका ९ विद्यालयको क्यान्टिनमा अनुगमण गरिएको र अन्य विद्यालयमा पनि अनुगमण जारी रहने बताउनुभयो । यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले बाबालिकाको पाचन प्रणाली कम्जोर हुनेभएकाले र यस्ता अखाद्य खानेकुराले स्वास्थयमा समस्या भई रंग मिसाईएका खानेकुराले क्यानसर सम्मको जाखिम हुनेभएकाले सबै सचेत रहनुपर्ने बताउनुभयो ।

अनुगमणका क्रममा विद्यालयका प्रिन्सिपलहरुले ध्यान दिदै गर्दा पनि कति कुरामा समस्या देखिएकाले बालबालिकाको स्वास्थ्या प्रति गम्भिर बन्दै आगामी दिनहरुमा आफुहरुले पनि नियमित क्यान्टिनको अनुगमण गर्ने बताएका छन् । आज गरिएको अनुगमणमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठ, सोही शाखाका खेमकान्त पाण्डे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बराल, खाद्य निरिक्षक सुदर्शन गोसाई,नगर प्रहरी पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार
प्रतिक्रिया