२०८२ माघ २ गते शुक्रवार

सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो

काठमाण्डौं,१ पुस । सुनको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ३ हजार ८ सय ७० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार
प्रतिक्रिया