२०८२ माघ २ गते शुक्रवार

तुलसीपुरमा अटोमा चडेर पैसा उठाउदै हिड्ने ३ जना पक्राउ

तुलसीपुर, २८ मंसिर ।  दाङको तुलसीपुरमा वडा कार्यालयको सिफारिसको दुरुपयोग गरी पैसा उठाउदै हिड्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामका उत्तम भुजेल, पोखराका विवेक बिक र धरानका सुनिल सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनीहरुले प्युठानको ऐरावती गाउँपालिका–३ को वडा कार्यालयबाट जारी भएको सिफारिसको दुरुपयोग गरी देशका विभिन्न जिल्लाहरुमा पुगेर पैसा उठाउदै आएको पाइएको छ । सोही क्रममा तुलसीपुरको भट्टे गाउँमा पुगेर पैसा उठाउदै गरेको अवस्थामा सबै कागजपत्रहरु सक्कनी नभएर मोबाइलबाट प्रिन्ट गरेर निकालेको देखिएपछी स्थानियले संका लागेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तिनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर बिनोदराज खत्रीले जानकारी दिनुभयो ।

उनीहरुले प्युठानको ऐरावती गाउँपालिका–३ निवासी लोक बहादुर थापाकी छोरी सुस्मिता थापाको नाममा रकम उठाउदै आएको पाइएको छ । ब्लड क्यान्सर भएकी सूम्मिताको अवस्था अहिले सामान्य भइसकेको ऐरावती गाउँपालिका–३ का वडा अध्यक्ष पदम बहादुर जिसीले बताउनुभयो । गत श्रावनमा पिडित परिवाले उपचारका लागी सहयोग रकम उठाउने गरी सिफारिस गरिदिन अनुरोध गरेपछी आफुले वडाबाट सिफारिस दिएको तर, अहिले अर्कै व्यक्तीले उक्त सिफारिसको दुरुपयोग गरेको उहाँले बताउनुभयो । प्युठानको विरामीको लागी दिएको सिफारिस धरानका विलौलियाहरुको हात परेको भन्दै उहाँले उक्त सिफारिस नियन्त्रणमा लिने बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया