तुलसीपुर,२३ मंसीर । नेपाल र भारतका सेनाबीचको संयुक्त सैनिक अभ्यास सूर्य किरण को १९ औँ संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको छ । यो अभ्यास मङ्सिर ९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको हो ।
सूर्य किरण अभ्यास वि.सं. २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गर्दै सञ्चालन हुँदै आएको छ । यस अभ्यासमा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला तथा मानवीय सहयोग जस्ता विषयहरू समावेश गरिएका थिए ।
भारतीय सेनासँगको सहकार्यमा दुवै पक्षका फौजहरूले विभिन्न तालिम तथा अभ्यासमा सहभागिता जनाए । नेपाली सेनाले क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूसँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यासमा निरन्तर सहभागिता जनाउँदै आएको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार



