काठमाण्डौं,२३ मंसिर । आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा दुई लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ८५ रुपैयाँ थियो ।
प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार



