२०८२ माघ २ गते शुक्रवार

असईले गरे चार महिने छोराको हत्या, कुटपिटबाट आमा घाइते

काठमाण्डौ, २२ मंसिर । काठमाण्डौको सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेको प्रहरीले बताएको छ । छोरा हत्याको आरोपमा असई पुष्कर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले बताएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो । त्यसपछि उनले छोराको हत्या गरेको प्रहरीले बताएको छ ।

पुष्करकी श्रीमती कृष्णा पनि प्रहरी जवान भएको प्रहरीले बताएको छ । । दुवै जना काठमाडौंस्थित विमानस्थलमा कार्यरत छन् । श्रीमतीलाई समेत कुटपिट गरेर घाइते बनाएकाले अहिले कृष्णालाई उपचारका लागि महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया