२०८२ माघ २ गते शुक्रवार

लमही गोलीकाण्ड : ११ जनालाई सोधपुछपछि छोडियो

तुलसीपुर, २१ मंसीर । दाङ प्रहरीले शनिबार लमहीको एक सुन पसलमा भएको गोलीकाण्डमा ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ पछि छोडेको छ । यद्यपी प्रहरी घटनाको नजिक पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दिपक श्रेष्ठले जानकारी दिनुभयो । घटनामा संलग्न मुख्य अभियुक्तको पहिचान भइसकेको र पक्राउ पर्न बाँकी रहेको प्रहरीले बताएको छ । घटनामा संलग्न व्यक्ती दाङकै भएको प्रहरीले बताएको छ ।

“शुक्रबार पसल संचालकलाई फोन गरेर मलाई ७/८ तोला सुन आवश्यक परेको छ भनेर फोन गरे छ । शनिबार पनि फोन गरेर दिउँसो साढे १ बजे लमही बजारमा रहेको सुन पसलमा पुग्यो । अर्घखाँचीमा रहेका साहु सुमन सुनारले फोन गरेर स्टापलाई सुन देखाइदिनु भने । सुन तौलेपछि पेस्तोल देखायो । अनि चिच्चाउदै स्टाप बाहिर भाग्ने क्रममा गोली प्रहार ग¥यो । स्टापको घाँटीमा सामान्य छाला खुइलिएको जस्तो देखिन्छ । गोलीले हो वा सिसाले हो त्यो पछि मेडिकल रिपोर्टले बताउला । गोलीको आवाज आएपछि बाहिर होहल्ला भयो । लुटेराले आत्तीएर सुन लग्न पाएन ।” एक प्रहरी अधिकृतले भने । जुनतारा सुनचाँदी पसलमा कार्यरत १८ वर्षीय दिपक सुनारको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया