२०८२ माघ २ गते शुक्रवार

तुलसीपुरको अश्वारा सामुदायिक वनको २८औँ वार्षिक साधारण सभा सम्पन्न

तुलसीपुर, २० मंसिर ।  दाङको तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा रहेको अश्वारा सामुदायिक वन उपभोक्ता समूहको २९औँ वार्षिक साधारण सम्पन्न भएको छ । वन समूहको आफ्नै भवनमा आयोजित साधारणसभामा सामुदायिक वन संरक्षण, वनसम्पदाको दिगो उपयोग, उपभोक्ताको सक्रिय सहभागिता र पारदर्शी व्यवस्थापनका विषयमा विशेष जोड दिइएको छ । वक्ताहरूले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीयको आर्थिक सुधारमा पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिति तुलसीपुर उप–महानगरपालिकाका मेयर टिकाराम खड्काले सामुदायीक वन समुहको भवन निर्माणका लागी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तर, त्यसमा वन समुहले ४० प्रतिशत लगानी लगाउनुपर्ने उहाँले बताउनुभयो । भवन निर्माणको लागी नगरपालिकाले ६० प्रतिशत सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिका–८ का वडा सदस्यद्धय तुल प्रसाद खराल, हस्त बहादुर बिक, अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाका टेकनाथ कुँवर, सव डिभिजन वन कार्यालयका कमला सापकोटा, महालक्ष्मी सामुदायीक वनका डिल्ली भण्डारी, अश्वारा एट स्टार युवा क्लबका श्रीधर साहु, चेतना टोल विकास संस्थाका मंगलशिंह रोकालगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा वन समुहको बार्षीक प्रतिबेदन डिला कुमारी देवकोटा भण्डारीले प्रस्तुत गर्नुभएको थियो भने आर्थीक प्रतिबेदन कोषाध्यक्ष आशा बुढाथोकीले प्रस्तुत गर्नुभएको थियो । २०५४ सालमा स्थापना भएको अश्वारा सामुदायीक वन समूहले २९ वर्षदेखि निरन्तर रूपमा वन संरक्षण, वृक्षारोपण, जैविक विविधता संरक्षण र वातावरणीय सचेतनाका काम गर्दै आएको छ । विशेषगरी विगत २ कार्यकालदेखी महिलाको नेतृत्वमा रहेको वन समुहले विगतको तुलनामा धेरै सकारात्मक काम गर्दै आएको बताइएको छ । साधारण सभामा समूहका पदाधिकारी, उपभोक्ता, समाजसेवी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।।

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया