२०८२ माघ २ गते शुक्रवार

दाङको लमहीमा सुनचादी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास, एकजना घाइते

तुलसीपुर, २० मंसिर ।  दाङको लमहीमा सुनचादी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ । आज दिउँसो साढे १ बजेको समयमा लमही नगरपालिका–५ मा रहेको जुनतारा सुनचादी पसलमा एक्कासी अज्ञात समुहले गोली प्रहार गर्दा एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा पसल सञ्चालक प्युठानको प्युठान नगरपालिका–५ का १८ बर्षीय दिपक सुनार रहेका छन् ।

उनको घाटीको दाहीने साइडमा गोली लागेको र अहिले लमही अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । सुनचादी पसलमा लुटपाट गर्ने उदेश्यले गोली चलाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । पसलबाट लुटपाट भने नभएको प्रहरीले जनाएको छ । अहिले घटनामा संलग्न व्यक्ती फरार रहेका छन् । उनको खोजीका लागी वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया