काठमाण्डौँ, २० मंसिर । आज गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति गण्डकी प्रदेशको हिमाली भागको एकदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली छ ।
देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।।
प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शनिवार



