तुलसीपुर, ७ कात्तिक । तुलसीपुर उपमहानगरपालिका–८ सुनवर्षामा अवस्थित नवदुर्गा मन्दिर परिसरमा निर्माणाधिन भवनका लागि आर्थिक सहयोग गरिएको छ । तुलसीपुर– सुर्खेत सडक खण्ड अन्तर्गत चमिखोलामा भैरहने दुर्घटनाको सङ्कट मोचनका लागि लगाइएको पुराणबाट संकलित रकम मध्य २७ हजार रुपैयाँ आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
उक्त रकम आयोजकहरु खगेन्द्रराज वश्याल, जीतबहादुर खड्का, दिननाथ भट्टराई र कृष्णबहादुर के सीले मन्दिर संरक्षण समितिका अध्यक्ष चुडामणि शर्मा, सचिव मुकुन्दप्रसाद काफ्ले र उपाध्यक्ष ओम प्रकाश भट्टराईलाई हस्तान्तरण गर्नु भएको हो ।
दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले २०७९ श्रावण १ गते चमिखोला पुल नजिकै एकाह पुराण संचालन गरिएको थियो । वडा सदस्य तुलप्रसाद खरालको उपस्थितिमा भएको कार्यक्रमको सहजीकरण सचिव खगेन्द्र काफ्लेले गर्नु भएको थियो ।
प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार



