काठमाडौं, १७
नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय नोटको सटही थप जटिल बन्दै गएको छ । भारतीय नोट सटही बारे भारतले लिखित रुपमा कुनै प्रतिक्रिया नदिएकाले नोट सटही झन जटिल बन्दै गएको हो । नेपालले भारत समक्ष प्रतिव्यक्ति २५ हजार भारतीय नोट सटही सुविधा दिन दुईपटक लिखित रुपमै माग गरे पनि भारतीय पक्षले अहिलेसम्म लिखित रुपमा केही नभनेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताउनुभयो ।
गएको शनिबार नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति ४५ सय रुपैयाँका दरले मात्र भारु साट्न सकिने बताएको थियो । राष्ट्र बैंकले त्यो सीमा बढाउन आग्रह गरेपनि भारतीय पक्षले अस्वीकार गरेपछि वार्तामा कुनै सहमति नभएपछि भारतीय टोली त्यत्तिकै फर्केको थियो । भारतीय पक्षले प्रतिव्यक्ति ४५ सयका दरले मात्र भारु साट्न सकिने कुरा पनि लिखित रुपमा नदिएकाले यसबारेमा सरकारसँग छलफल गर्न नसकिएको डेपुटी गभर्नर शिवाकोटीले बताउनुभयो ।